मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

पहिलो टी–२० क्रिकेटमा भारतले न्युजिल्यान्डलाई हरायो

Ujyaaloonline.com · Thu Nov 18 00:56:32 GMT 2021

काठमाण्डाै - भारतले पहिलो टी–२० क्रिकेटमा न्युजिल्यान्डलाई हराएको छ । ​जयपुरमा गएराति भएको खेलमा भारतले न्युजिल्यान्डलाई ५ विकेटले हराएको हो ।

जितका लागि न्युजिल्यान्डले दिएको १ सय ६५ रनको लक्ष्य भारतले १९ ओभर ४ बलमा ५ विकेट गुमाएर भेट्टायो । भारतका सूर्यकुमार यादवले ६२ रनको अर्धशतकीय पारी खेले । यस्तै कप्तान रोहित शर्माले ४८ रन जोडे । न्युजिल्यान्डका ट्रेन्ट बोल्डले दुई विकेट लिए ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)