मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

लुम्बिनीका कृषी मन्त्री अहिरले आज सपथ लिँदै

ratopati.com · Mon Feb 20 06:28:00 GMT 2023

बुटबल। लुम्बिनीको नवनियुक्त मन्त्री भण्डारीलाल अहिरको आज सपथ हुने भएको छ । जनता समाजवादी पार्टीका संसदीय दलका नेतासमेत रहेका अहिरलाई हिजो कृषि तथा भुमी ब्यवस्था मन्त्रालयको जिम्मेवारी तोकिएको थियो । यसअघिका कृषिमन्त्री तुल्सीराम शर्मालाई मुख्यमन्त्री कार्यालयमा लगेर जसपा नेपालका अहिरलाई सो मन्त्रालयको जिम्मेवारी दिइएको हो ।

प्रदेश कार्यालयले उनको सपथ दिउँसो दिलाउने गरी तयारी सुरु गरेको छ । जसपालाई मनाउन सरकारको नेतृत्व गरेको नेकपा एमालेले कृषिमन्त्री तुल्सीराम शर्मालाई मुख्यमन्त्री कार्यालयमा लगेर जसपाका अहिरलाई उक्त मन्त्रालय दिएको हो । अहिर बाँकेको निर्वाचन क्षेत्र नम्बर २ (१) बाट निर्वाचित भएका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)