मौद्रिक नीतिका लागि इप्पानको सुझाव– हरेक वर्ष २ प्रतिशतका दरले ऊर्जा क्षेत्रमा लगानी बढाउनुपर्छ
shilapatra.com · Fri Jun 12 08:52:42 GMT 2026

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले लामो सूचीसहित मौद्रिक नीतिका लागि सुझाव दिएका छन् । संस्थाको २४ औँ वार्षिक साधारणसभाका अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष कार्कीले मौद्रिक नीतिमार्फत हरेक वर्ष २ प्रतिशतका दरले कर्जा लगानी बढाउने गरी बैंक तथा वित्तीय संस्थाहरूको लगानी योजना बनाउन माग गरे ।
१० वर्षभित्र ३० हजार मेगावाटको लक्ष्य हासिल गर्न आवश्यक पर्ने ६० खर्बभन्दा बढीको स्रोत आवश्यकतालाई दृष्टिगत गरी ऊर्जा क्षेत्रमा बैंक तथा वित्तिय संस्थाहरूको लगानी हरेक वर्ष २ प्रतिशतका दरले वद्धि गर्दै १० वर्षमा २० प्रतिशत पुऱ्याउने अनिवार्य व्यवस्था गर्न आवश्यक रहेको कार्कीले बताए । जसमार्फ ऊर्जा उत्पादनमा सरकारको लक्ष्य हासिल गर्न सम्भव रहेको पनि उनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)