मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आफ्नै कार्यकर्ताले जलाए जसपाका अध्यक्ष यादवको पुतला

thahakhabar.com

पर्सा : जनता समाजवादी पार्टी (जसपा)का कार्यकर्ताहरूले अध्यक्ष उपेन्द्र यादवको पुतला दहन गरेका छन्। मन्त्रपरिषद्‍ विस्तारका क्रममा पर्सालाई विभेद गरेको भन्दै उनीहरुले शुक्रबार साँझ यादवको पुतला दहन गरेका हुन्।

प्रदर्शनकारीले अध्यक्ष यादव मुर्दावाद जस्ता चर्को नारा लगाएका थिए। शुक्रबार विस्तारित मन्त्रीमण्डलमा मधेश आन्दोलनको उर्वरभूमि पर्साबाट कसैलाई नसमेटी आफ्ना आसेपासे र आन्दोलनमा योगदान कम भएका व्यक्तिलाई सिफारिस गरेको उनीहरूको आरोप छ।

स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)