कोरोनाको नयाँ भेरिएन्ट नेपालमा पनि
ekantipur.com · Tue Jan 09 01:15:56 GMT 2024
काठमाडौँ — पछिल्लो समय छिमेकी मुलुक भारत र चीनसहित विश्वका विभिन्न देशमा देखिएको कोभिड–१९ को नयाँ सब–भेरिएन्ट ‘जेएन.१’ नेपालमा पनि देखिएको छ । स्वास्थ्य मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै नेपालमा पहिलो पटक जेएन.१ को संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार ७ वटा नमुनामा जेएन.१ पुष्टि भएको छ । देशका विभिन्न भागबाट विभिन्न उमेर समूहका व्यक्तिका १६ वटा नमुना संकलन गरी आइतबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जिनोम सिक्वेन्सिङ गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)