पाँच हजार किसानलाई स्रोत किसानका रूपमा विकास गरिने
barnanmedia.com · Sun May 18 21:58:45 GMT 2025

जिल्लाका पाँच हजार किसानलाई स्रोत किसानका रूपमा विकास गरिने भएको छ । यहाँका हरेक दुग्ध उत्पादक सहकारीमा आबद्ध उनीहरुलाई जलवायुको असरका कारण दुग्ध उत्पादनमा परेको समस्या न्यूनीकरणका उपायहरु र जलवायु परिवर्तनमा पशु चौपायले पार्ने असरका बारेमा जानकारी गराइने छ ।
चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ र केन्द्रीय दुग्ध सहकारी सङ्घको सक्रियता एवम् हेफर इन्टरनेशनलको सहयोगमा किसानलाई तालिम दिन लागिएको हो । यसको सुरुआती स्वरूप जिल्लाका सातवटै पालिकाको पशु शाखाका चिकित्सक एवम् प्राविधिक र निजी क्षेत्रका प्राविधिकलाई आइतबारदेखि तालिम सुरु गरिएको छ । तीन दिनसम्म पशु चिकित्सक एवम् प्राविधिकलाई तालिम दिएर उनीहरुले पालिकामा रहेका सहकारीमा आबद्ध किसानलाई तालिम दिनेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)