जातीय विभेदले खुइल्याइरहेको लोकतान्त्रिक गणतन्त्रको रङ
ekantipur.com · Sun Jun 05 01:08:17 GMT 2022
नेपालमा जातीय भेदभाव र छुवाछुतलाई मुलुकी ऐन, २०२० ले नै वर्जित गरेको थियो । यसबीचमा त झन् प्रजातन्त्र पुनर्बहाली भयो, लोकतन्त्र आयो; सामन्ती व्यवस्थाको अवशेष मानिएको राजतन्त्र हटेर मुलुक गणतन्त्रमय भएकै डेढ दशक भैसक्यो । परन्तु यति धेरै उपलब्धिमूलक राजनीतिक उथलपुथलबीच पनि सामन्ती समाजमा रहेको जातीय विभेदको जरो भने उल्लेखनीय रूपमा हल्लिन सकेकै छैन ।
नेपाललाई छुवाछुतमुक्त घोषणा गरिएकै शनिबार १६ वर्ष पूरा भैसक्यो, जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) ऐन, २०६८ जारी भएकै पनि दशक नाघिसक्यो, तर पनि दलित भएकै कारण हुने अत्याचार रोकिएको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)