बेन्जेमाको ह्याट्रिकमा रियल विजयी
ekantipur.com · Mon Apr 03 01:08:17 GMT 2023
म्याड्रिड — करिम बेन्जेमाले सात मिनेटको अन्तरमा गरेको ह्याट्रिकको मद्दतले रियल म्याड्रिडले आइतबार स्पेनी ला लिगामा रियल भालाडोलिडलाई सजिलै ६–० ले हराएको छ ।
यो जितपछि रियलले शीर्षमा रहेको बार्सिलोनासँगको दूरी १२ अंकमा कायम राखेको छ । बार्सिलोना ७१ अंकमा शीर्ष स्थानमा छ भने रियलको ५९ अंक रहेको छ । एटलेटिको म्याड्रिड ५४ अंकमा तेस्रो स्थानमा रहेको छ । एटलेटिकोले अर्को खेलमा रियल बेटिसलाई १–० ले पराजित गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)