उपसमितिका कारण फेरि धकेलियो विद्यालय शिक्षा विधेयक, यो अधिवेशनबाट टुंगो लाग्न मुस्किल
barnanmedia.com · Sun May 18 22:18:57 GMT 2025

२९ दिन काठमाडौंका सडकमा आन्दोलन गरेका शिक्षकहरूले १७ वैशाखमा सरकारसँग नौ बुदे सहमति गरे। यो सहमतिको मुख्य बुँदा हो, १५ असारभित्र विद्यालय शिक्षा विधेयक पारित गर्ने।
तर, संसदको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिले गठन गरेको उपसमितिका कारण विधेयक धकेलिएको छ। उपसमितिले आइतबार समितिमा प्रतिवेदन बुझाएको छ। तर, एमाले सांसद छविलाल विश्वकर्मा संयोजक रहेको उपसमितिले आइतबार समितिलाई बुझाएको प्रतिवेदन अधुरै छ। निजी स्कुल र प्रारम्भिक बालविकास कक्षा (ईसीडी) सञ्चालनका विषयमा अब समितिमै छलफल हुनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)