मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

वर्षाभरि गाउँका कच्ची सडकमा हेभी इक्विपमेण्ट निषेध

annapurnapost.com · Fri Jun 12 08:56:39 GMT 2026

गोरखा : बर्सातका बेला गाउँका कच्ची सडकमा हेभी इक्विपमेण्ट सञ्चालन गर्न निषेध गरिएको छ। जिल्लाको सहिदलखन गाउँपालिकाले सडकको दीर्घकालीन संरक्षण गर्ने उद्देश्यले बर्सातका बेला कच्ची सडकमा हेभी इक्विपमेण्ट सञ्चालन नगर्न आग्रह गरेको हो।

‘सडकको संरक्षण गर्न तथा अत्यावश्यक अवस्थामा सवारी साधन सञ्चालन गर्न बाधा अप्ठ्यारो नहोस् भन्ने उद्देश्यले बर्सातका बेला कच्ची सडकमा ट्रक, टिपर, ट्रयाक्टरजस्ता हेभी इक्विपमेण्ट सञ्चालनमा रोक लगाएका छौँ’, गाउँपालिकाका अध्यक्ष रमेश थापाले भने, ‘वर्षाको अवधिभरि सहिद लखन गाउँपालिका भित्रको सडकमा हेभी इक्विपमेण्ट सञ्चालन नगर्न, नगराउन सम्बन्धित सबै व्यक्ति, निर्माण व्यवसायी, ढुवानी व्यवसायीहरूमा अनुरोध गरिएको छ।’

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)