विके सुनचाँदी टिम बन्यो फुटसल च्याम्पियन
gorkhapatraonline.com · Mon Nov 14 08:33:43 GMT 2022
गोरखापत्र अनलाइन
ललितपुर, कात्तिक २८ गते । पाँचौं ताम्रकार फुटसल प्रतियोगिता २०२२ को उपाधी विके सुनचाँदी पसलले हात पारेको छ । ताम्रकार समाजको युवा तथा खेलकूद उपसमितिको आयोजनामा भएको उक्त प्रतियोगितामा विके सुनचाँदी पसलले मेडस मार्ट फार्मेसीलार्ई १–० गोलले पराजित गरेको थियो ।
सेमीफाइनलमा विके सुनचाँदी पसलले ओरियन इलेक्ट्रिकललाई २–१ ले तथा मेडस मार्ट फार्मेसीले आर्टस फेसन नेपाललाई टाइब्रेकरमा २–० ले पराजित गरी फाइनलमा प्रवेश गरेका थिए । विके सुनचाँदी पसल चौथो संस्करणका उपविजेता पनि हाे ।
विजेतालाई ३० हजार र उपविजेतालाई १५ हजार नगदसहित मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।
यस्तै, अण्डर १४ प्रतियोगिताको फाइनलमा प्रभु हिरोजले सिटी प्रिमिएर रेन्जर्सलाई ३–१ गोल अन्तरले पराजित गरी ट्रफी हात पारेको छ ।
यस्तै, ताम्रकार अल स्टार र द ब्रिटिस कलेजबीच भएको मैत्रीपूर्ण खेलमा द ब्रिटिस कलेज ३–२ ले विजयी भएको थियो ।
प्रतियोगितामा उत्कृष्ट गोलकिपरमा मेडस मार्ट फार्मेसीका बिक्सन ताम्रकार, उत्कृष्ट खेलाडीमा विके सुन चाँदीका कुशल राजकर्णिकार, उच्चगोलकर्तामा विके सुनचाँदीका लिउसन राजकर्णिकार र मेडस मार्ट फार्मेसीका बादल शिल्पकारले संयुक्तरुपमा प्राप्त गर्नुभयो ।
त्यस्तै, प्रेसिडेन्ट च्वाइसमा मेडस मार्ट फार्मेसीका युसन ताम्रकार घोषित हुनुभएको भने अण्डर १४ को उत्कृष्ट खेलाडीमा प्रभु हिरोजका रेक्सन राजकर्णिकार छनौट हुनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)