म्याग्दीका दुई पालिका र १४ वडामा जनप्रतिनिधि दोहोरिए
baahrakhari.com · Thu May 26 05:02:00 GMT 2022
बेनी । म्याग्दीको दुई पालिकामा प्रमुख पुनः दोहोरिएका छन् । रघुगंगा गाउँपालिकामा निवर्तमान गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारी र मंगला गाउँपालिकामा निवर्तमान गाउँपालिका अध्यक्ष शतप्रसाद रोका पुनः गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् ।
वडामा १४ वडाध्यक्ष दोहोरिएर निर्वाचित भएका छन् । अन्नपूर्ण–१ मा दिलीपकुमार गर्बुजा, २ मा ओम गामी, ८ मा खमबहादुर गर्बुजा पुनः दोहोरिएर वडाध्यक्षमा निर्वाचित हुँदा वडा नं ५ मा लामो समय कार्यवाहक वडाध्यक्ष रहेका राजेश तिलिजा वडाध्यक्ष चुनिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)