ऊर्जा क्षेत्र रूपान्तरणको प्रस्थान बिन्दुमा छौँ : मन्त्री श्रेष्ठ
shilapatra.com · Fri Jun 12 09:07:59 GMT 2026

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले यतिबेला ऊर्जा क्षेत्र रूपान्तरणको प्रस्थान बिन्दुमा रहेको बताएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) को २४औँ वार्षिक साधारणसभा एवं आठाैँ अधिवेशनको अवसरमा आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले यस्तो बताएका हुन् ।
सार्वजनिक सेवा प्रवाहलाई गतिशील बनाउँदै र नागरिकमैत्री कार्य गर्ने सरकारको १०० बुँदे कार्यसूचीले प्राथमिकता प्रतिबिम्बित गरिसकेको मन्त्री श्रेष्ठले दाबी गरे । त्यसको कार्यान्वयन गर्न र परिणाममुखी बनाउन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले थप ३२ बुँदे निर्देशनमार्फत आफ्नो मार्गचित्र तयार गरेको पनि उनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)