मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राष्ट्र बैंकका प्रधान सहायक धामीद्वारा स्टेसनरी सामग्री सहयोग

farakdhar.com · Sat Oct 28 01:32:08 GMT 2023

नेपाल राष्ट्र बैंकमा कार्यरत प्रधान सहायक अर्जुनबहादुर धामीले विद्यार्थीलाई स्टेसनरी सामग्री सहयोग गरेका छन् । उनले बझाङको छबिसपाथिभेरा गाउँपालिका–७ स्थित श्री सुर्मा आधारभूत विद्यालयमा अध्ययनरत अनाथ तथा टुहुरा, एकल बालबच्चाहरूलाई करिब १० हजार रुपैयाँ बराबरको कापी, कलम, पेन्सिल, औजार बक्सलगायत स्टेसनरी सामग्री सहयोग गरेका हुन् ।

प्रधान सहायक धामीले सो स्टेसनरी सामग्री जलजला सेरिनिसान बासुधारा सामुदायिक वन उपभोक्ता समितिले आयोजना गरेको एक कार्यक्रमका बीच विद्यालय व्यवस्थापन समिति (विव्यस) का अध्यक्ष अमर धामीलाई हस्तान्तरण गरे । उनले आफूले अध्ययन गरेको विद्यालयका विद्यार्थीलाई सहयोग गर्न पाउँदा गौरवान्वित महसुस गरेको बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)