मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ओली सरकारप्रति कांग्रेसमा असन्तुष्टि बढ्दो

rajdhanidaily.com · Sun May 18 23:02:31 GMT 2025

काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसभित्र सरकारविरुद्ध असन्तुष्टि बढ्दो छ । सदनदेखि सार्वजनिक कार्यक्रमका साथै पार्टीकै बैठकमा सरकारविरुद्ध कांग्रेसको असन्तुष्टि पोखिँदै आएको छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध नेताहरूले असन्तुष्टि पोखे पनि कांग्रेस सभापति शेरबहादुर देउवाले साथ छोड्ने संकेत गरेका छैनन् ।

देउवा अहिले तत्कालै सत्तासहकार्य तोड्ने पक्षमा देखिएका छैनन् । यद्यपि, कांग्रेसभित्रैको असन्तुष्टि देख्दा लामो समयसम्म सत्ता सहकार्य हुन्छजस्तो पनि देखिँदैन ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)