समाजवादीका मन्त्री अझ आक्रामक
ekantipur.com · Sat Jun 25 00:34:47 GMT 2022
काठमाडौँ — पार्टीले अपरिपक्व निर्णय गरेको भन्दै एकीकृत समाजवादीका मन्त्रीहरूले सरकारबाट फिर्ता नहुने अडान राखेका छन् । उनीहरू अध्यक्ष माधवकुमार नेपाललाई दबाबमा पारेर पदमा निरन्तर रहने रणनीतिमा छन् । त्यसैअनुसार उनीहरूसहित १० सांसदले शुक्रबार अध्यक्ष नेपाललाई ध्यानाकर्षण पत्र बुझाउँदै तत्काल संसदीय दलको बैठक बोलाउन माग गरेका हुन् ।
अर्को पार्टी बनाउने कानुनी प्रावधान नभए पनि आफूहरू बलियो रहेको देखाउन उनीहरूले हस्ताक्षरसहितको पत्र सार्वजनिक गरेको एक नेताले बताए । पोलिटब्युरो बैठकमा पार्टीको निर्णय कार्यान्वयन नगरेको भन्दै मन्त्रीहरूको आलोचना भएको थियो । तर, उनीहरूले फिर्ता हुनेबारे केही नबताएको ती नेताले बताए । बैठकमा पर्यटनमन्त्री प्रेम आलेले आफूलाई ४८ घण्टाको समय दिन माग गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)