देश विकासको गतिमा अघि बढिरहेको छ : प्रधानमन्त्री ओली
gorkhapatraonline.com · Fri Jul 25 17:26:27 GMT 2025

वीरगञ्ज (पर्सा), साउन ९ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले देश चौतर्फी रूपमा विकासको गतिमा अगाडि बढिरहेको बताउनुभएको छ । बाराको परवानीपुर गाउँपालिकाको नवनिर्मित भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले विगत १० वर्षमा मुलुकमा धेरै खालका विकास र पूर्वाधार निर्माणको काम भएको बताउनुभएको हो ।
“आज देश चौतर्फी रूपमा अगाडि बढिरहेको छ । पछिल्लो समय भवन, सडक, पुल लगायतका संरचना निर्माण द्रूत गतिमा भइरहेका छन्” उहाँले भन्नुभयो, “पछिल्लो समय मुलुक विद्युतीकरण, सञ्चार, कृषि पूर्वाधारका निम्ति तयार पारिएका सिँचाइ आयोजनाका पनि धेरै खालका पूर्वाधार तयार भइसकेका छन् । खानेपानीको आयोजनाको सन्दर्भमा मुलुकभरका जनताको घरदैलोमा धारा निर्माणका काम भइरहेका छन् । यसका अलवा र शिक्षा, स्वास्थ्य र अन्य विविध क्षेत्रसहित अनेक–अनेक क्षेत्रमा अभूतपूर्व गतिमा विकास निर्माणको काम भइरहेको छ ।”
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)