बारपाक दलित बस्ती: २१ परिवारका लागि एउटा शौचालय, भूकम्पपछिको १० वर्षसम्म पनि टहरामै बास
deshsanchar.com · Sun May 18 23:10:35 GMT 2025

गोरखा– गोरखाको बारपाक सुलिकोट गाउँपालिका–२ स्थित दलित बस्तीका २१ परिवार एउटै जीर्ण शौचालय प्रयोग गर्न बाध्य छन्। शौचालय अभावका कारण यहाँका महिला बिहान झिसमिसेमै र मध्यरातमा शौचका लागि निस्कन बाध्य भएका छन्।
बारपाकको पुछारमा रहेको यो दलित बस्ती २०७२ सालको विनाशकारी भूकम्पपछि झनै पिछडिएको छ। भूकम्पले घरबारविहीन भएका यहाँका बासिन्दा १० वर्ष बितिसक्दा पनि त्रिपालमुनि नै बास बसिरहेका छन्। बस्तीमा २१ घरधुरीका लागि एउटा मात्र शौचालय छ, जुन पनि जीर्ण अवस्थामा छ र त्यसको ढोकासमेत राम्रोसँग लाग्दैन।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)