मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मधेश सरकारमा एमाले, गण्डकीमा मनाङे 

ekantipur.com · Tue Mar 19 00:45:07 GMT 2024

जनकपुर र कास्की — केन्द्रमा सत्ता गठबन्धन फेरबदल भएपछि मधेश प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ । सोमबार मुख्यमन्त्री सरोजकुमार यादवले कांग्रेसलाई हटाएर एमालेलाई सरकारमा सहभागी गराएका हुन् ।

एमाले संसदीय दलका नेता सरोजकुमार यादव प्रदेशको भौतिक पूर्वाधार तथा विकासमन्त्री नियुक्त भएका छन् । सोमबार नै कार्यभार सम्हालेकी प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले उनलाई पद तथा गोपनीयताको शपथ गराएकी थिइन् । मुख्यमन्त्री यादवका प्रेस सल्लाहकार सीताराम अग्रहरीले एमालेलाई सहभागी गराउँदै सरकार पुनर्गठन गरिएको बताए । ‘मधेश सरकारमा कांग्रेसका मन्त्रीहरूको भूमिका सहयोगी नै थियो । त्यसैले उनीहरूलाई बर्खास्त नगरी मन्त्रिपरिषद् पुनर्गठन गरेर स्वतः पदमुक्त गरिएको हो,’ अग्रहरीले भने ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)