महामारीकै रूपमा डेङ्गु
gorkhapatraonline.com · Sun Sep 11 00:43:21 GMT 2022
वसन्त पराजुली
भरतपुर, भदौ २६ गते । हरेक वर्ष जसो चितवनमा महामारीकै रूप लिने डेङ्गु यस वर्ष पनि महामारीकै रूपमा देखिएको छ । स्वास्थ्य कार्यालय चितवनको तथ्याङ्क अनुसार यो वर्ष साउनदेखि भदौ २२ गतेसम्ममा दुई हजार ६४ जनाको परीक्षण गरिएकोमा १७९ जनामा डेङ्गु देखिएको छ । वरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाइँले डेङ्गु फैलने समय अझै बाँकी रहेकाले थप सचेत हुनुपर्ने बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)