मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

लघुवित्तपीडितको  समस्या समाधानमा प्रधानमन्त्रीको पहलकदमी

nayapatrikadaily.com · Thu Feb 22 00:26:00 GMT 2024

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लघुवित्त र सहकारीपीडितलाई समस्या समाधान गर्ने आश्वासन दिएका छन् । सिंहदरबारस्थित कार्यालयमै बोलाएर सरकारले समस्या समाधानका लागि तत्काल कदम चाल्ने आश्वासन दिएका हुन् ।

मुलुकभरका करिब १० हजार लघुवित्तपीडित दुई दिनदेखि काठमाडौंमा आन्दोलनरत छन् । उनीहरू बुधबार बालुवाटारस्थित नेपाल राष्ट्र बैंक कार्यालय घेर्न जाने योजनामा थिए । त्यसअघि नै प्रधानमन्त्री दाहालले उनीहरूलाई कार्यालयमै बोलाएर समस्या समाधान गरिने आश्वासन दिएका थिए । उनले भनेका थिए, ‘लघुवित्त र सहकारीपीडितको समस्याप्रति सरकार गम्भीर छ । समस्या समाधानका निम्ति सरकारले तत्काल केही न केही कदम अघि बढाउँछ । तपाईंहरू ढुक्क हुनुहोस्, समस्या समाधान भएरै छाड्छ ।’

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)