पहिले प्रधानसेनापति त्यसपछी प्रधानमन्त्री अमेरिका भ्रमणमा जांदै
kathmandupati.com · Wed May 25 16:24:22 GMT 2022
काठमाण्डु– प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणअघि नेपाली सेना का प्रधानसेनापति प्रभुराम शर्मा अमेरिका जाने भएका छन् । नेपाली सेनाको प्रधानसेनापति नियुक्त भएलगत्तै भारतको औपचारिक भ्रमणका क्रममा नयां दिल्ली पुगेका शर्मा अमेरिका भ्रमणमा जाने निश्चित भएको हो । शर्माको भ्रमण जुन २६ देखी ३० को विचमा हुने गरी दुई पक्षबीच छलफल चलिरहेको छ ।
प्रधानसेनापति शर्मा अमेरिकासंगै मध्यपूर्वका मुलुकहरुको भ्रमणमा जाने तयारीमा छन् । उनले त्यहां शान्ति स्थापनार्थ खटिएको नेपाली सेनाको मिसनको निरिक्षण गर्ने कार्यक्रम छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)