मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कृषिमन्त्री चौधरी र चिनियाँ राजदूत झाङबिच भेटवार्ता

ratopati.com · Fri Jun 12 09:08:36 GMT 2026

काठमाडौँ । नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीसँग शुक्रबार भेटवार्ता गरेका छन् । भेटका क्रममा दुई पक्षबिच कृषि विकास, वातावरण संरक्षण तथा यस क्षेत्रमा नेपाल–चीन सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा विचार आदानप्रदान भएको राजदूत झाङले बताए ।

नेपालसँगको द्विपक्षीय सहयोगमार्फत नेपाली जनताले प्रत्यक्ष रूपमा लाभ लिन सक्ने ठोस कार्यक्रमहरू अघि बढाउने अपेक्षा राजदूत झाङले गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)