पुल भासिँदा पृथ्वी राजमार्गमा गाडी आउजाउ बन्द !
Ujyaaloonline.com · Tue May 02 00:15:20 GMT 2023
धादिङ – पृथ्वी राजमार्गअन्तर्गत धादिङमा पुल भासिँदा गाडीको आउजाउ बन्द भएको छ । धुनीबेसी नगरपालिका र थाक्रे गाउँपालिकाको सिमानामा रहेको गणेश खोलाको मोटरेबल पुल भासिँदा राजमार्गमा गाडी रोकिएका हुन् ।
आज साेमवार दिउँसो पानी परेपछि सुरुमा पुलको धुनीबेसीपट्टिको भाग भासिएको थियो । केही समय एकतर्फी गाडी चलेकोमा दिउँसो ४ बजेपछि पूरै सडक बन्द भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । भासिएको पुलसँगै सडक आयोजनाले नयाँ पुल निर्माणको काम थालेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)