मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

ऋषिकेशमा रमाउँदै सामन्था

annapurnapost.com · Fri Oct 22 06:54:00 GMT 2021

मुम्बई : दक्षिण भारतीय अभिनेत्री सामन्था अक्केनेनी (सामन्था रुथ प्रभु) आफ्नो कामलाई थाँती राखेर बिदा मनाउन उत्तराखण्डको ऋषिकेश पुगेकी छन्। यस दौरान उनले त्यहाँको केही आकर्षक तस्बिर सामाजिक सञ्जालमा सेयर पनि गरेकी छन्। जुन तस्बिरलाई उनका फ्यानहरूले निकै मन पनि पराएका छन्। उनले होटलको स्वीमिङ पुलदेखि, वनजंगल, बाँदर, कुकुरलगायत थुप्रै तस्बिर सामाजिक सञ्जाल स्टाग्राममा सेयर गरेकी छन्।

समान्थाले नागा चैतन्यसँग अघिल्लो महिना मात्रै पारपाचुके गरेकी थिइन्। उनीहरूबीचको असमझदारीका कारण विवाह बन्धनमा बाँधिएको चार वर्षमै समान्था र चैतन्यले बैवाहिक सम्बन्ध टुंग्याएको विश्लेषण गरिए पनि उनीहरूले यस बारेमा अहिलेसम्म स्पष्ट पारेका छैनन्। यी दुई जोडीमध्ये एकले करियरलाई महत्व दिने र अर्को चाहिँ परिवारलाई अगाडि बढाउनु पर्नेमा अडिग भएका कारण दुईबीच सम्बन्धमा दरार आएको बताइएको छ। सामन्थ करियर अगाडि बढाउन चाहन्थिन भने नागा चैतन्य अभिनय छाडेर उनले घरपरिवार हेरोस् भन्ने चाहन्थें।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)