मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रधानमन्त्री ओलीद्वारा निर्वाचन केन्द्रित बजेटको संकेत

ratopati.com

सरकारले प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रित गर्दै आर्थिक वर्ष २०७७–०७८ का लागि महत्वाकांक्षी बजेट ल्याउने संकेत गरेको छ। प्रतिनिधिसभा अभावमा सरकारले शनिबार अध्यादेशमार्फत बजेट ल्याउने तयारी गरिरहेको छ। त्यसको अघिल्लो दिन शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्दै महत्वाकांक्षी योजना र कार्यक्रम सार्वजनिक गरेका छन्। प्रतिनिधिसभा नभएका बेला महत्वाकांक्षी बजेट नल्याउन सरकारलाई चौतर्फी दबाब परिरहे पनि प्रधानमन्त्री ओलीले पटक्कै वास्ता नगरेको प्रस्टिएको छ।

चार खण्ड र ७२ बुँदामा विभाजन गरिएको सम्बोधनमा प्रधानमन्त्री ओलीले सुरुमा कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले गरेका कामको व्याख्या गरेका छन्। ११ बुँदासम्म कोरोनामा घुमेका प्रधानमन्त्रीले त्यसपछि बुँदा नंं। २७ सम्म मुलुकको राजनीति, एमालेका असन्तुष्ट पक्षलाई गाली, विपक्षी दलको आलोचना र पुस ५ को प्रतिनिधिसभा विघटनदेखि अहिलेसम्मको अवस्थाको बचाउ गरेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)