मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

४२ अंक बढ्यो नेप्से

ekantipur.com · Wed Oct 06 01:24:01 GMT 2021

काठमाडौँ — अघिल्ला तीन कारोबार दिन लगातार घटेको नेप्से मंगलबार करिब ४२ अंकले बढेको छ । यो वृद्धिसँगै सेयर कारोबार मापक नेप्से परिसूचक २ हजार ६ सय १२.६५ बिन्दुमा उक्लेको छ । अघिल्लो दिनको तुलनामा यो १.६३ प्रतिशतले बढी हो । अघिल्ला तीन कारोबार दिनमा नेप्से करिब ९५ अंकले घटेको थियो ।

मंगलबार व्यापारबाहेक कारोबारमा आएका सबै उपसमूहको परिसूचक बढेपछि समग्र नेप्सेको वृद्धिमा टेवा पुगेको हो । करिब ४१ हजार ५१ कारोबारबाट २ सय २३ कम्पनीका ५८ लाख ४२ हजार १ सय ३५ कित्ता सेयर किनबेच भए । ती किनबेचमा २ अर्ब ९९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो कारोबार दिनको तुलनामा यो कम हो । सोमबार सेयर बजारमा ३ अर्ब ६२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)