मिटरब्याजीपीडितले न्याय पाउन्, जनताले पूरै ग्यास प्रयोग गर्न पाउन्
gorkhapatraonline.com · Fri Jun 12 09:17:12 GMT 2026

राष्ट्रियसभाको बैठकको शून्य समयमा सांसदले मिटरब्याजी पीडितले न्याय पाउनेदेखि जनताले पूरै ग्यास सिलिन्डर पाउनुपर्ने जनसरोकारका विषय उठाउनुभएको छ । सांसद पूजा चौधरीले मिटरब्याज सम्बन्धी सबै मुद्दा यथाशीघ्र सुनुवाइ हुनुपर्ने बताउनुभएको छ ।
उहाँले मिटरब्याज पीडितको न्यायका लागि गठन भएको छानबिन आयोग पूर्णरूपमा कार्यान्वयन गरी दोषीमाथि कारवाही गर्न ध्यानार्कषण गराउनुभयो । सांसद सावित्री मल्लले जनस्तरमा आधा सिलिन्डर ग्यासको वितरण कार्यले जनता मारमा परेको बताउँदै पूरै ग्यास सुविधा उपलब्ध गराउन माग गर्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)
बालेन शाह