न्युजिल्यान्डमा गेब्रियल चक्रवात : हजारौँ घर बिजुलीविहीन, राष्ट्रिय आपत्काल घोषणा
Ujyaaloonline.com · Tue Feb 14 00:45:51 GMT 2023
न्युजिल्यान्डले राष्ट्रिय आपत्काल घोषणा गरेको छ । गेब्रियल नामको चक्रवातले नर्थल्यान्डमा ठूलो बाढी र पहिरो निम्त्याएपछि आपत्कालीन व्यवस्थापन मन्त्री केइरन म्याकअनल्टीले घोषणामा हस्ताक्षर गर्नुभएको हो ।
न्युजिल्यान्डको इतिहासमा यो तेस्रो पटक राष्ट्रिय आपत्काल घोषणा गरिएको हो । यसअघि क्राइस्टचर्च आतङ्ककारी हमलापछि सन् २०१९ मा र कोभिड महामारीको बेला सन् २०२० मा आपत्कालको घोषणा भएको थियो । अहिले चक्रवातका कारण समुद्री छालहरु पनि उठिरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)