मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

‘भिजेको’ धान किन्दै खाद्य

annapurnapost.com · Tue Dec 21 06:45:00 GMT 2021

नेपालगन्ज : खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगन्जले बढीमा ५ प्रतिशतसम्म टुसा उम्रेको धान किन्न थालेको छ। उक्त कम्पनीको खरिद विभागले राम्रो धानमा बढीमा ५ प्रतिशतसम्म ड्यामेज भए पनि खरिद गर्ने सर्कुलर पठाएपछि धान खरिद गर्न थालेको नेपालगन्ज कार्यालय प्रमुख मानबहादुर विष्टले बताए।

उनले भने, ‘धान राम्रो छ। सुकेको पनि छ। टुसा उम्रेको धान वा कालो दाग देखिएको वा टुटेको अवस्थाको ५ प्रतिशत मात्र छ भने खरिद गर्न केन्द्रको निर्देशन आएकाले खरिद गर्न थालेका हौं।’ बेमौसमी वर्षाका कारण काटेर डुबेको किसानको धान बिक्री नभएको बारे २ पुसको अन्नपूर्ण पोस्ट्ले ‘सरकारले किनेन भिजेको धान’ शीर्षकमा समाचार प्रकाशित गरेको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)