त्रिमूर्ति निकेतनमा देवकोटा जयन्ती सम्पन्न
baahrakhari.com · Fri Nov 01 17:06:53 UTC 2024

काठमाडौं । त्रिमूर्ति निकेतनमा ११६औँ महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्ती सम्पन्न भएको छ । प्रमुख अतिथि गीता खत्री, त्रिमूर्ति निकेतनकी अध्यक्ष इन्दिरा प्रसाई तथा लक्ष्मीप्रसाद देवकोटा प्रतिष्ठानका संयोजक प्रा.डा.महादेव अवस्थीले संचारग्रामस्थित महाकवि देवकोटाको पूर्णकदको सालीकमा माल्यार्पण गरे ।
उक्त अवसरमा त्यहीँ अवस्थित कविशिरोमणि लेखनाथ पौड्याल र साहित्यकार बालकृष्ण समको पूर्णकदको सालीकमा पनि माल्यार्पण गरियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)