दिपक मनाङे भन्छन्ः विपक्षी गठवन्धनमा सामेल भएँ, अब बैकल्पिक सरकार निर्माणतिर लाग्छु
nepalpress.com · Thu Jun 10 18:18:32 GMT 2021
काठमाडौं । गण्डकी प्रदेशका निवर्तमान युवा तथा खेलकुद मन्त्री दिपक मनाङेले आफू विपक्षी गठवन्धनतिर लागेको र नयाँ सरकार बनाउन जुटेको घोषणा गरेका छन् । यही भएर आजको प्रदेशसभामा उपस्थित नभएको उनको भनाइ छ ।
कामचलाउ मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई पठाएको राजीनामा पत्रमा उनले जनताको विश्वासको थलो संसदलाई जिवित राख्नु आफ्नो नैतिक उत्तरदायित्व भएको पनि उल्लेख गरेका छन् । पछिल्ला राजनीतिक घटनाक्रमले सरकार निर्माण हुन नसकी प्रदेशसभा विघटनको स्थितिमा पुग्ने भएकाले आफू मन्त्री पदमा रहिरनुभन्दा प्रदेश सभालाई बचाउनु उपयुक्त ठानेको उनको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)