मधेस प्रदेशमा ४० वटा आधारभूत विद्यालयका भवन बनाउँदै ‘विल्डअन’
ratopati.com · Fri Mar 20 17:52:02 GMT 2026

सिरहा । विद्यालय भवनको अभाव र जीर्ण अवस्थालाई मध्यनजर गर्दै ‘विल्डअन’ नेपालले मधेस प्रदेशमा ४० वटा आधारभूत विद्यालयका भवन निर्माण गर्ने भएको छ । सन् २०२६ भित्र उक्त लक्ष्य पूरा गर्ने योजनासहित संस्थाले काम अघि बढाएको हो ।
शुक्रबार सिरहाको लहानमा आयोजित कार्यक्रममा विल्डअन नेपाल, लहान नगरपालिका र स्थानीय समुदायबिच त्रिपक्षीय सम्झौतामा हस्ताक्षर गरिएको छ । सम्झौतापछि लहान २ स्थित भानु आधारभूत विद्यालय, लहान–१ स्थित आधारभूत विद्यालय सिंगराही मटियर्वा र लहान–४ स्थित मधेस सहिद विजय सहनी आधारभूत विद्यालयमा तीन कोठे भवन तथा दुई कोठे शौचालय निर्माणको संयुक्त रूपमा शिलान्यास गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)