मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

संविधान संशोधन बहसपत्र तयार कार्यदलको म्याद थप, यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय

baahrakhari.com · Fri Jun 12 09:25:48 GMT 2026

काठमाडौं । सरकारले संविधान संशोधन बहसपत्र तयार कार्यदलको म्याद थप गर्ने निर्णय गरेको छ । शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले कार्यदलको म्याद असार मसान्तसम्म थप गर्ने निर्णय गरेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल, २०८२ को २०८३ असार मसान्तसम्म म्याद थप गर्ने, मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ ।

यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य–मुख्य निर्णयहरू

१. प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल, २०८२ को २०८३ असार मसान्तसम्म म्याद थप गर्ने ।

२.सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन, २०५२ कार्यान्वयन गर्न भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिने ।

३. श्री रमेशकुमार धिताल, सिन्धुपाल्चोकलाई लेखामान बोर्डको अध्यक्ष पदमा मनोनयन गर्ने ।

#संविधान संशोधन बहसपत्र

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)

सम्बन्धित विषय