नेपालमा युके भेरियन्ट संक्रमित बढेको आशंका, रात्रिकालीन व्यवसाय बन्द
nayapatrikadaily.com · Thu Apr 08 00:24:00 GMT 2021
केही दिनयता कोरोना संक्रमित दिनप्रतिदिन बढ्न थालेपछि सरकारले स्वास्थ्य सुरक्षाका मापदण्डको कडाइपूर्वक पालना गर्न गराउन स्थानीय सरकारलाई निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार सूचना जारी गर्दै स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न सरोकारवाला सबैलाई सचेत गराएको हो । मन्त्रालयले जनस्वास्थ्यका मापदण्डको उल्लंघन तथा युके भेरियन्टको बढ्दो संख्यालाई मध्यनजर गर्दै सार्वजनिक सूचना जारी गरेको हो ।
मन्त्रालयले काठमाडौं, पोखरालगायत ठूला सहरमा विद्यालय जाने उमेर समूहका बालबालिकामा संक्रमण हुने दर बढेकाले सम्पूर्ण शैक्षिक संस्थामा उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)