दिक्तेल रुपाकोट मझुवागढीका ३० विद्यालयलाई पानी शुद्धीकरण गर्ने उपकरण
ratopati.com · Fri Mar 20 18:23:52 GMT 2026

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका ३० सामुदायिक विद्यालयलाई पानी शुद्धीकरण गर्ने उपकरण हस्तान्तरण गरिएको छ । नगरपालिका र रोटरी क्लब अफ याला ललितपुरको सहकार्यमा नगरभित्र सञ्चालित ३० वटा सामुदायिक विद्यालयलाई दुईदुई थान हिलटेक, फिल्टर र हिलटेक स्ट्यान्ड हस्तान्तरण गरिएको हो ।
शुद्दीकरण नगरेको पानी सेवन गर्दा विद्यार्थीहरूमा पानीजन्य रोगबाट बिरामी हुने समस्या देखिएकाले त्यसको समाधान गर्न नगरपालिकासँगको सहकार्यमा विद्यालयलाई उपकरण वितरण गरिएको रोटरी क्लब अफ यालाका प्रतिनिधि गोकुल दङ्गालले बताएका छन् । “विद्यार्थीहरू विद्यालयमा रहने समयभर फोहर पानी पिउनु नपरोस् भन्ने हाम्रो उद्देश्य हो । हामीले नगरपालिकासँग समन्वयमा फिल्टरको डिजाइन गरेर उपकरण खरिद गरी विद्यालयहरूलाई हस्तान्तरण गरेका छौँ”, उनले भने, “अब विद्यालयमा जुनसुकै स्रोतका पानीलाई पनि शुद्धीकरण गरी सुरक्षित रूपमा पिउन सकिने भएको छ । यसले विद्यार्थीमा पानीजन्य रोगको समस्या कम हुन्छ ।”
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)