नेपाल उपाधि नजिक
annapurnapost.com · Wed Nov 09 16:24:00 GMT 2022
ढाका : सेनु परियारको निर्णायक गोलप्रेरित नेपालले यु-१५ साफ महिला च्याम्पियनसिपमा बुधबार भुटानलाई १-० गोलको नतिजामा पराजित गरेको छ। डबल राउन्ड रोबिन लिग पद्धतिमा जारी प्रतियोगिताको तेस्रो खेलमा जित निकालेसँगै नेपाल उपाधि नजिक पुगेको छ।
बिहीबार बंगलादेशको ढाकास्थित बीएसएसएस मोस्ताफा कमाल रंगशालामा भएको खेलमा सेनुले ४९औं मिनेटमा गरेको एक मात्र गोल नेपाललाई तीन अंक दिलाउन पर्याप्त बन्यो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)