मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बीपी राजमार्गमा बस दुर्घटना, थप विवरण आउँदै

nagariknews.nagariknetwork.com · Fri Jun 12 09:26:34 GMT 2026

काभ्रेको बनेपाबाट राेशी गाउँपालिकातर्फ जाँदै गरेको एक यात्रुबाहक बस बीपी राजमार्गमा दुर्घटनामा परेको छ। नमोबुद्ध नगरपालिका- २ बुच्चाकोट क्षेत्रमा भएको दुर्घटनामा ठूलो स‌ख्यामा हताहती भएको छ।

प्राप्त प्रारम्भिक जानकारीअनुसार बा ३ ख ८३९८ नम्बरको उक्त बस अनियन्त्रित भई दुर्घटनामा परेको हो ।

दुर्घटनापछि स्थानीयवासी, प्रहरी तथा उद्धार टोली घटनास्थलमा परिचालित भएका छन्। घाइतेहरूको संख्या तथा दुर्घटनाको कारणबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

घटनाबारे थप जानकारी संकलन भइरहेको छ।

Follow @nagarik_news

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)