मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

ऋण ५० हजार, तमसुक ९ लाखको

ekantipur.com · Tue Aug 23 00:27:50 GMT 2022

धनुषा — महोत्तरी भंगहा–५ की चन्द्रकला महराले घर खर्च चलाउन २०७७ असार २५ मा स्थानीय ५० वर्षीय अनुरुद साहसँग ३ महिनाको भाका राखेर ५० हजार रुपैयाँ लिएकी थिइन् ।

लेनदेनको कागज गर्दा साहले तीन महिनाको भाकामा चुक्ता गरे ब्याज तिर्नु नपर्ने भनेका थिए । तर लेखपढ नजानेकी महरालाई थाहा थिएन तमसुकमा ऋण ५० हजार नभई ९ लाख रुपैयाँ उल्लेख थियो । उनले भाकामै २०–२० हजार दुई पटक र तेस्रो पटक १० हजार गरी ५० हजार रुपैयाँ तिरिदिइन् । त्यसपछि साहको आतंक सुरु भयो । उनले कागज गरिएबमोजिम ९ लाख रुपैयाँ माग्दै महरालाई हैरान खेलाए ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)