आजको मौसम : प्रदेश १ र गण्डकीको एक दुई स्थानमा हल्का वर्षा
lokaantar.com · Thu Feb 23 00:43:32 GMT 2023
पश्चिमी वायु सक्रिय भएपछि आज प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भूभागको एक दुई स्थानमा हल्का वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । सो प्रदेशको उच्च पहाडी भूभागको केही स्थानमा हल्का हिमपात पनि हुनेछ ।
सोहीअनुसार भोलि १२ गते शुक्रबार पनि प्रदेश १ को पहाडी भूभागमा आंशिक बदली कायमै रहने छ । अन्य भूभागमा सामान्यतः मौसम सफा रहने छ । दिउँसो प्रदेश १ को पहाडी भूभागको एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)