मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पृथ्वी संरक्षणमा बढ्दो चिन्ता

gorkhapatraonline.com · Fri Jun 05 01:42:22 GMT 2026

नेपालको पश्चिम तराई क्षेत्रमा तापक्रम ४० डिग्रीनजिक पुगेको छ । हिन्दुकुश हिमालय क्षेत्र, तथा एसियाका धेरै भूभाग उच्च तापक्रमको प्रभावमा परेका छन् । मानव गतिविधिबाट बढ्दो कार्बन उत्सर्जनले पृथ्वीको वायुमण्डललाई तताउने क्रम जारी छ । यही उष्ण वायुमण्डलले मौसमी प्रणालीमा असन्तुलन ल्याई विभिन्न जलवायुजन्य विपत् निम्त्याइरहेको हामीले भोगिरहेका छौँ । यसले मानिसको कार्यक्षमता घटाउने छैन, स्वास्थ्यमा समस्या, श्रम तथा उत्पादकत्वमा कमी भई आर्थिक क्षेत्रमा नै गम्भीर असर पार्छ । यस क्षेत्रमा हुने वार्षिक क्षति सन् २०३० सम्म २४ खर्ब अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ । बढ्दो तापीय जोखिमप्रति जनचेतना बढाउन तथा कार्बन उत्सर्जनमा कमी ल्याई जलवायु अनुकूलनका प्रयत्न प्रवर्धन गर्न हरेक वर्ष जुन २ तारिखलाई ‘हिट एक्सन डे’ अर्थात् बढ्दो तापमानविरुद्ध प्रतिकार्य दिवस मनाइन्छ । विश्वको औसत तापमान वृद्धि १.५ डिग्री क्रमले गर्दा समुद्र सतहको तापमानमा पनि परिवर्तन हुँदा विकसित हुँदै गरेको एलनिलोको प्रभावले नेपाललगायत एसियाली देशमा यो वर्षको मनसुन अवधिमा तापक्रम औसतभन्दा बढी हुने प्रक्षेपण गरिएको छ । यसबाट कृषिजन्य उत्पादकत्वमा प्रभाव पर्नुका साथै समग्र आर्थिक अवस्थामा ह्रास आउने छ ।

यस्तो विश्व परिस्थितिलाई दृष्टिगत गर्दै सन् १९७२ को जुन ५ देखि १६ सम्म स्विडेनको स्टकहोममा भएको मानव वातावरणसम्बन्धी विश्वको पहिलो ठुलो सम्मेलन संयुक्त राष्ट्रङ्सघको अगुवाइमा भएको थियो । जसको उद्देश्य बिग्रँदो मानव वातावरणलाई सुरक्षित राख्न आइपरेका चुनौती कसरी सम्बोधन गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित थियो । त्यसै वर्षको डिसेम्बर १५ का दिन संयुक्त राष्ट्रसङ्घको साधारण सभाले जुन ५ लाई वातावरण दिवसका रूपमा स्थापना गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)

सम्बन्धित विषय