महिला क्रिकेट प्रतियोगिताः मोरङ र झापा विजयी
dcnepal.com · Sat Mar 05 17:14:18 GMT 2022
मोरङ । अन्तर्राष्ट्रिय महिला दिवसको उपलक्ष्यमा शनिबार देखि विराटनगरमा प्रथम ‘इक्युवालिटी कप महिला क्रिकेट–२०२२’ प्रतियोगिता सञ्चालन भएको छ ।
नेपाल क्रिकेट फाउण्डेशन र मोरङ क्रिकेट सङ्घद्वारा संयुक्तरूपमा विराटनगरको वैजनाथपुर क्रिकेट खेलमैदानमा आज भएको उद्घाटन खेलमा मोरङ र झापा जिल्ला क्रिकेट टोली विजयी भएका छन् । पहिलो खेलमा मोरङले मधेश प्रदेशको सप्तरीलाई १५१ रनको अन्तरले पराजित गरेको छ । मोरङले निर्धारित २० ओभरको खेलमा एक विकेट गुमाइ १९४ रन बनाएको थियो भने सप्तरीले १४ दशमलव एक बलमा ४३ रनमा अलआउट भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)