मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दलको चुनाव खर्च अधिकतम साढे ५ करोड

ekantipur.com · Wed Nov 02 00:52:35 GMT 2022

काठमाडौँ — राजनीतिक दलले आसन्न निर्वाचनमा अधिकतम ५ करोड ५० लाख रुपैयाँसम्म खर्च गर्न पाउने गरी निर्वाचन आयोगले सीमा निर्धारण गरेको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फ बन्दसूचीमा रहेका उम्मेदवारको संख्याका आधारमा आयोगले मंगलबार दलहरूको खर्च सीमा तोकेको हो ।

आयोगका अनुसार प्रतिनिधिसभाको समानुपातिक उम्मेदवार एक जनाको २ लाख र प्रदेशसभा समानुपातिक उम्मेदवार एक जनाको एक लाख ५० हजारका दरले हिसाब गरेर खर्च गर्न पाउने सीमा निर्धारण गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)