नगद लाभांश नबाँड्न सहकारीलाई अपील
abhiyandaily.com
काठमाडौं (अस) । राष्ट्रिय सहकारी महासंघसहित १५ ओटा सहकारीका संघले सहकारी संस्थाहरूलाई नगद लाभांश नबाँड्नदेखि शेयर तथा बचत फिर्तामा समेत कडाइ गर्न अपील गरेका छन् ।
तरलता अभावका कारण सहकारीमा समस्या बढ्दै गएको भन्दै संघहरूले सहकारी व्यवस्थापनका लागि विभिन्न उपायसहित अपील जारी गरेका हुन् । पछिल्लो समय गौतमश्री सहकारी समस्याग्रस्त भएसँगै बचतकर्ता त्रस्त भएकाले सहकारीबाट बचत बाहिरिने क्रम बढिरहेको छ । यसले गर्दा संस्थाहरूमा तरलताको समस्या हुन थालेपछि अभियानको तर्फबाट अपील जारी गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)