आज विश्व दृष्टि दिवस, संसारभर दुई अर्ब २५ करोड मानिस आँखाको समस्याबाट पीडित
dcnepal.com · Thu Oct 14 00:50:26 GMT 2021
काठमाडाैँ। आज अक्टोबर महिनाको दोस्रो बिहीबार अर्थात् विश्व दृष्टि दिवस। हरेक वर्षको अक्टोबर महिनामा पर्ने दोस्रो बिहीबार विश्व दृष्टि दिवस मनाइन्छ। मानिसहरुलाई आँखाको महत्व र आँखामा के कस्तो रोग कसरी लाग्न सक्छ भन्ने जानकारी गराउने उद्देश्यका साथ ‘आफ्नो आँखाको माया गर’ भन्ने मूल नारालाई आत्मसाथ गर्दै यस वर्षको विश्व दृष्टि दिवस मनाइँदै छ।
विश्व स्वास्थ्य संगठन र अन्धोपन निवारणका लागि अन्तर्राष्ट्रिय एजेन्सी (आईएपीवि)ले संयुक्त रूपमा विश्वबाट हटाउन सकिने अन्धोपनलाई सन् २०२० सम्ममा न्यूनीकरण गर्न सन् १९९९ को फेब्रुअरीमा भिजन २०२०ः ‘राइट टु साइट’को घोषणा गरी प्रत्येक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व दृष्टि दिवसको रूपमा मनाउँदै आएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)