मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

यी हुन् बालेन सरकारको मन्त्रिपरिषद्का निर्णय

clickmandu.com · Fri Jun 12 09:42:17 GMT 2026

काठमाडौं । सरकारले लेखामान बोर्डको अध्यक्षमा रमेश कुमार धिताललाई मनोनयन गर्ने निर्णय गरेको छ । जेठ २९ गते बसेको मन्त्रिपरिषद् बैठकले योसहित विभिन्न ३ वटा निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।

यी हुन् सरकारका निर्णय

१. संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल, २०८३ को २०८३ असार मसान्तसम्म म्याद थप गर्ने ।

२. सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन, २०५२ कार्यान्वयन गर्न भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्तालयलाई निर्देशन दिने ।

३. रमेश कुमार धिताल, सिन्धुपाल्चोकलाई लेखामान बोर्डको अध्यक्ष पदमा मनोनयन गर्ने ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)

सम्बन्धित विषय