प्रदूषण कर अर्बौं, खर्च अपारदर्शी
annapurnapost.com · Wed Oct 27 06:52:00 GMT 2021
काठमाडौं : सरकारले पेट्रोल र डिजेलबाट प्रदूषण नियन्त्रण शुल्कबापत बर्सेनि अर्बौं रकम उठाउँछ। तर, उही शीर्षकमा त्यसको उपयोग भने गरेको देखिँदैन। यति ठूलो रकमको खर्च भने छरपष्ट रूपमा हुने गरेको पाइएको छ।
पछिल्लो तीन आर्थिक वर्षमा मात्रै ७ अर्ब ९० करोड राजस्व संकलन भएको छ। यो तथ्यांक अर्थ मन्त्रालयअन्तर्गत राजस्व व्यवस्थापन सूचना प्रणालीको हो। जसअनुसार २०७७/७८ मा २ अर्ब ८ करोड ६६ लाख उठाउने लक्ष्य रहेकामा ३ अर्ब ४० करोड ८८ लाख ६३ हजार संकलन भयो। २०७६/७७ को लक्ष्य २ अर्ब ५ करोड ९३ लाख थियो। ३ अर्ब ११ करोड ३४ लाख रुपैयाँ उठ्यो। २०७५/७६ मा भने १ अर्ब ९६ करोड लक्ष्य लिएकामा १ अर्ब ३७ करोड ७३ लाख मात्रै राजस्व संकलन भयो। चालू आर्थिक वर्षको साउनमा सरकारले ५४ करोड ३८ लाख रुपैयाँ असुल गरेको छ। यस्तो कर साढे २ दशकदेखि उठाइँदै आएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)