मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आगामी बजेट कामचलाउ नहोस्

karobardaily.com · Fri May 28 00:18:45 GMT 2021

आगामी आर्थिक वर्ष ०७८÷७९ का लागि कामचलाउ नेपाल सरकारले भोलि जेठ १५ गते नयाँ नीति तथा कार्यक्रम र बजेट ल्याउनेछ । संसद् भंग भइसकेको अवस्थामा मन्त्रिपरिषद्बाट सिफारिस भएको नीति तथा कार्यक्रम र बजेट राष्ट्रपतिले अध्यादेशमार्फत पास गर्ने कामचलाउ सरकारको तयारी छ । कोभिडले थलिएको अर्थतन्त्र उकास्न पर्यटन क्षेत्रको प्रवद्र्धन गर्न, कृषिमा लगानी गर्न रोजगारी सिर्जना तथा आर्थिक विकासका गतिविधि बढाउन सरकारले के–कस्ता नीति र बजेट ल्याउला भन्नेमा नागरिक निकै सुन्न र हेर्न इच्छुक छन् । साथै कामचलाउ सरकारको बजेट पनि कामचलाउ नआओस् भन्ने नागरिकको सुझाव छ । कोभिडले गर्दा विगतको भन्दा उत्पादनशील आयात प्रतिस्थापन गर्ने खालको कार्यान्वयनमुखी बजेट आउने आशामा नागरिक छन् । नागरिकका आवश्यकतामा आधारित बजेट आउनुपर्छ भन्ने पनि धेरैको तर्क छ । यसै सन्दर्भमा संघीय सरकारले भोलि जेठ १५ गते ल्याउने बजेटका प्राथमिकताका क्षेत्र केके हुन सक्छन् भनेर कारोबारकर्मी हरूले सरोकारवालासंँग गरेको कुराकानीको सार :

आगामी बजेट कृषि, पर्यटन र पूर्वाधार केन्द्रित हुनुपर्छ

स्रोतमा पूरा पढ्नुहोस् (karobardaily.com)