मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु
gorkhapatraonline.com · Fri Jun 12 09:49:54 GMT 2026

जनकपुरमा जेसीबीमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल चालक महोत्तरीको मरासिसवा नगरपालिका बथनाहाका ६५ वर्षीया विपिनकुमार झाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
प्रहरीका अनुसार शुक्रबार जनकपुरधाम उपमहानगरपालिका –१४, मुजेलियास्थित जनकपुर डिजल सेन्टरबाट तेल हालेर निस्कँदै गरेको जेसीबीमा महेन्द्रनगरबाट जनकपुरतर्फ आउँदैगरेको बीआर ३० एक्यू ०२५६ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको थियो ।
जेसीबीमा ठोक्किँदा गम्भीर घाइते भएका झालाई उपचारका लागि अस्पताल लगिएको थियो । उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिनुभयो । दुर्घटनामा संलग्न जेसीबी वडा प्रहरी कार्यालय मुजेलियाको नियन्त्रणमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)