एन्फाका अनियमितता छानबिन गर्न राखेपद्वारा उपसमिति गठन
onlinekhabar.com · Fri Jun 12 09:39:13 GMT 2026

२९ जेठ, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)बारे छानबिन गर्न समिति गठन गरिएको छ । राष्ट्रिय खेलकुद परिषद(राखेप) कार्यकारी समितिको शुक्रबार बसेको ५९ औं बैठकले एन्फामाथि छानबिन गर्न उपाध्यक्ष विशाल श्रेष्ठको नेतृत्वमा उपसमिति गठन गरेको राखेपका सदस्य सचिव रामचरित्र मेहताले जानकारी दिए ।
उक्त समितिमा कार्यकारी सदस्य सिक्का सुवाल श्रेष्ठ, चार्टर एकाउन्टेन्ट प्रकाश अधिकारी र शिक्षा तथा खेलकुद मन्त्रालय प्रतिनिधि सदस्यको रुपमा छन् । राखेप खेलकुद विकास विभागका प्रशासकीय अधिकृत सानु राजा केसी उपसमितिको सचिवको जिम्मेवारी दिइएको छ । समितिलाई ७ दिनको समयसीमा दिइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)
काठमाडौँ